Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १६ : १० मा प्रकाशित

आइतबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

साताको पहिलो दिन आज (आइतबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज सेयर बजारले २४ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम गरेको हो ।
आज नेप्से परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ अंकमा पुगेको हो  । नेप्से २.११ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा पुगेको छ ।
कुल २ सय ७ वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३  हजार २२० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेको सेयर बजारमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक नाफा आर्जन गरेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, मिथिला लघुवित्त विकास बैंक लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको पनि सेयरमूल्य १० प्रतिशतले नै बढेको छ । 

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, नागरिक लगानी कोष , नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सेयरधनीले पनि सर्वाधिक कारोबार गर्न सफल भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको