Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १६ : ५३ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (मंगलबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ मा पुगेकाे छ । नेप्से ०.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५८  अंकले घटेर ४४७.२४ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे एक कराेड ९६ लाख ६ हजार ५ सय ५५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँको कारोबार भएकाे छ । 

घटेको बजारमा पनि गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । त्यसैगरी, क्रमशः   प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनाइटेड फाइनान्स लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक शेयरधनी, पाेखरा फाइनान्स लिमिटेड, अाेरियन्टल हाेटल्स लिमिटेड, बाेटलर्स नेपाल (तराइ) लिमिटेड, नेपाल बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

600ff8be1e23b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको