Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक रकमको कारोबार हुदाँ दोहोरो अंकले घट्यो नेप्से

नेप्से

विहीबार, १५ माघ २०७७, १५ : १२ मा प्रकाशित

सर्वाधिक रकमको कारोबार हुदाँ  दोहोरो अंकले घट्यो नेप्से

साताको अन्तिम आज (बिहिबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो  ।  यद्यपि कारोबार रकमले भने नयाँ रेकर्ड राखेको छ । आज सेयर बजारमा ९ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । 

आज नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ अंकमा पुगेको हो  । नेप्से ०.६८ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४४२.०६ अंकमा पुगेको छ ।

कुल २ सय ९ वटा कम्पनीको २ करोड १७ लाख ७० हजार ४५३  कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड ७४ लाख ६८ हजार ७७८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ९ वटा उपसमुहको सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड २९ लाख १०  हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

60128597044ed.JPG 6012859706fe3.JPG 601285977da31.JPG 60128597b50cd.JPG 60128597b817c.JPG 6012859805fcf.JPG 601285981cbde.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको