Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा उच्च कारोबारको रेकर्डः कुन–कुन कम्पनीमा देखियो लगानीकर्ताको आकर्षण ?

नेप्से

विहीबार, १५ माघ २०७७, १५ : ५२ मा प्रकाशित

नेप्सेमा उच्च कारोबारको रेकर्डः कुन–कुन कम्पनीमा देखियो लगानीकर्ताको आकर्षण ?

आज बिहिबार धितापत्रको दोस्रो बजार कारोबारमा नयाँ रेकर्ड बनेको छ । आज इतिहासमै उच्च अंकमा धितोपत्रको कारोबार भएको हो । 

यसअघि आइतबारमात्र धितोको दोस्रो बजारमा ९ अर्ब ३७ करोडको कारोबार भएसंगै सर्वाधिक कारोबारको रेकर्ड बनेको थियो । आइतबारको रेकर्डलाई ब्रेक गर्दै आज धितोपत्र बजारमा ९ अर्ब ८९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको छ । 

आज धितोपत्र बजारमा सबैभन्दा उच्च रकमको कारोबार हुँदा सर्वाधिक रकमको सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । आज कम्पनीको ५७ करोड ८८ लाख रुपैयाँ भन्दा बढि मूल्यको सेयर कारोबार भएको हो ।

आज सर्वाधिक उच्च कारोबार हुने अन्य कम्पनीहरुमा हिमालयन डिस्टिलरी,नेपाल पुनर्बिमा कम्पनी,एनआइसी एसिया बैंक,शिखर इन्स्योरेन्स,नेपाल टेलिकम,नेको इन्स्योरेन्स,प्रभु बैंक,नेपाल बैंक र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् । 
 

6012927a27527.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको