Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल भए

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १५ : ५८ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल भए

आज (मंगलबार) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.५४ अंकमा पुगेको छ  । नेप्से ०.१६ प्रतिशले घटेको हो । 
यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ४१५.१५ अंकमा पुगेको छ ।
कुल २ सय ६ वटा कम्पनीको १ करोड ८ लाख ९ हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६३ लाख ८१  हजार १ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

घटेको सेयर बजारमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले सबैभन्दा बढी नाफा आर्जन गरेको छ ।

संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड, आँखु खोला  जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेडका सेयरधनीहरुले पनि मनग्य नाफा आर्जन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको