Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १३ : ४७ मा प्रकाशित

पिपुल्स पावरले आइपिओ निष्काशन गर्ने

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएकाे छ ।

हिजाे माघ १८ गते आइतबार कम्पनीको कार्यालयमा सम्पन्न भएको तेश्राे वार्षिक साधारण सभामा आइपिओ निष्कासनको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गरिएकाे हाे ।

कम्पनीले आइपिओ निष्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थितपुवा खोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिकप्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको