Like us!
Follow us!
Connect us!
Watch us!

किन बन्द हड्ताल ? विराेधका अरू उपाय अपनाउन सकिँदैन ?

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ०७ : ४२ मा प्रकाशित

किन बन्द हड्ताल ? विराेधका अरू उपाय अपनाउन सकिँदैन ?

मुलुकमा फेरि बन्द हड्तालकाे श्रृंखला सुरू भएकाे छ । जिम्मेवार भनिएका दलहरूकै आह्वानमा नेपाल बन्द हुनु निकै दुखद छ । लामाेसमयकाे द्वन्द्वबाट नयाँ संविधान पाएसँगै मुलुक स्थायित्व र विकासकाे चरणमा प्रवेश गर्ने अपेक्षा गरिएकाे थियाे । जनताले पनि मुलुकमा स्थायित्वका लागि बहुमत मात्र हैन, दुइ तिहाइ नजिक जनमत दिएका थिए । दलभित्रकाे आन्तरिक द्वन्द्वले जनमत थेग्न नसकेर एक थरी ताजा जनमत भन्दै संसद विघटन गरेर निरंकुशतातर्फ उन्मुख भएका छन् भने अर्का थरी नेपाल बन्द भन्दै अराजकता सिर्जना गर्दैछन् । दुवै थरी अतिवादी हुन् । दुवै अतिवादकाे मारमा सर्वसाधारण जनता परेेका छन् । 

भूकम्पबाट ७ खर्ब बढी क्षती व्यहोरेको नेपाली अर्थतन्त्रले तराई मधेश आन्दोलनबाट झनै ठूलो व्ययभार व्यहोर्नुप¥यो । त्यसपछि आयाे काेराेना कहर । काेराेना फैलनबाट राेक्न सरकार स्वयंले गरेकाे लकडाउनले अर्थतन्त्रका सम्पूर्ण क्षेत्र धरासायी बने । बन्द हड्ताले औषतमा एक दिनको बन्दबाट १ अर्ब ७० करोडको क्षति पुग्ने प्रक्षेपण नपाल राष्ट्र बैंकले ७ बर्ष अघि गरेकाे अध्ययनले गरेकाे थियाे  । अहिले त्यसकाे असर कैयाैं गुणा हुन सक्छ । तर बन्द हड्ताल रोक्नेतर्फ दलहरू जिम्मेवार नभइदिदा देशको अर्थतन्त्रमा नकारात्मक असर देखापरेको छ ।

नेपाल राष्ट्र बैंकले सन् २००८ देखि २०१३ सम्मको ५ वर्षमा भएका बन्द, हड्तालको अध्ययन गरी तयार पारेको एक अध्ययन प्रतिवेदनले एक दिनको बन्दले औसतमा अर्थतन्त्रमा १ अर्ब ८० करोड रुपैयाँको क्षति पुग्ने देखाएको थियो । त्यो समयको बन्दबाट चालू वर्षको मूल्यमा प्रतिवर्ष २७ अर्ब रुपैयाँको क्षति, कुल गार्हस्थ्य उत्पादनमा प्रतिवर्ष १.४ प्रतिशतले कमि र ५ वर्षमा नेपालको अर्थतन्त्रमा कुल १ खर्ब १७ अर्ब रुपैयाँको क्षति पुगेको थियो । 

सन् २०११३ पछि एक दिनको बन्दले राज्यलाई कति नोक्सान हुन्छ भन्ने कुनै अध्ययन भएका छैनन । निजी क्षेत्रले भने दैनिक ३ अर्बको क्षति हुने गरेको दाबी गर्दै आएको छ । राज्यलाई दबाब दिन नाममा गरिने एक दिनको बन्दबाट राज्यले राजस्व गुमाउने छँदैछ, सर्वसाधारण र निजी क्षेत्रले झण्डै महिनादिनसम्म ठूलो असर व्यहोर्नुपर्ने जनकारहरु बताउछन् ।

निकासी व्यापार र पर्यटनजस्ता क्षेत्रमा बन्दको प्रभाव बढी देखिएपनि अर्थतन्त्रको २ तिहाइभन्दा बढी हिस्सा रहेको निजी क्षेत्र बढी मारमा परेको छ । अझ दिनमा काम नगर्दा साँझको छाक टार्न नसक्ने वर्ग बन्दको प्रत्यक्ष मारमा छ । 

नयाँ संविधान बनेपछि मुलुक आर्थिक सम्मृद्विको बाटोमा लम्किन्छ भन्ने अपेक्षा गरिएको अबस्थामा जिम्मेवार दलहरू आफैं बन्द हड्ताल गर्न उद्यत हुनु दुखदायी छ । 

हड्तालकाे हल्ला मात्रले पनि अर्थतन्त्रलाइ ठूलाे असर गर्छ । मुलुकमा द्वन्द्व छ भन्ने सुने भने विदेशबाट घुम्न आउने तयारी गरेका पर्यटकहरूले आफ्नाे याेजना रद्द गर्छन् । त्यसकाे असर लामाे समय रहन्छ ।

मुलुकभित्रै हेर्ने हाे भने मंगलबारकाे सेयर बजारमा बन्दकाे प्रत्यक्ष प्रभाव परेकाे देखिन्छ । सत्तारुढ दल नेकपा विभाजनको असर शेयर बजारमा देखिएको छ । नेकपाबाट विभाजित प्रचण्ड-माधव समुहले बिहीबार आमहड्ताल गर्ने सूचना प्रवाहित भएपछि बुधबार सुरुवातदेखि नै ओरोलो लाग्न थालेको नेप्से ६.८१ अंकले घटेर बन्द भयाे । काराेबार सुरू भएपछि लगातार बढेकाे बजार दिउँसो २ बजे आमहड्ताल घोषणा गरेककाेा सुनेपछि नेप्से दिनभरिकै न्यूनतम बिन्दु २४५८ बिन्दुसम्म झरेको थियाे । अन्तमा केही बढेर बन्द भयाे । नेप्से उच्चतम अंकमा पुगेको बखत आन्दोलनको घोषणापछि नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा शेयर बजारमा नकारात्मक असर परेकाे हाे । 

कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हडताल जस्ता गतिविधिले थप जोखिममा पार्ने छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्दै गएकाे छ । त्यसैले जिम्मेवार दलहरूले अर्थतन्त्रलाइ असर गर्ने गतिविधि राेक्न आवश्यक छ । सबै क्षेत्रबाट बन्द हड्ताल जस्ता कार्यक्रम नगर्न दवाव सिर्जना गर्नु पर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको