Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतले पायो आइपिओ निष्काशनको अनुमति

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १६ : १२ मा प्रकाशित

रुरु जलविद्युतले पायो आइपिओ निष्काशनको अनुमति

रूरु जलविद्युत परियोजना लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीलाई ८ करोड १५ लाख बराबरको आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले माघ २१ गते यो कम्पनीलाई आइपिओ  निष्कासनको अनुमति दिएको हो।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू. ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गर्दैछ ।
जसमध्ये ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता सेयर जारी गर्नेछ ।

कम्पनीले स्थायिलाई प्रतिकित्ता रू. १०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. १२० मा आइपिओ जारी गर्न लागेको हो । उक्त आइपिओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
 

601d1e7fb6e37.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको