Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव,बोनस सेयर कति ?

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १० : ४५ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव,बोनस सेयर कति ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको गरेको छ । प्रस्तावित लाभांशमा  ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नियामक निकायबाट स्वीकृति प्राप्त भएपछी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको