Like us!
Follow us!
Connect us!
Watch us!

बेनेली मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १६ : ५३ मा प्रकाशित

बेनेली मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम

बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइृकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ ।

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।

त्यसैगरी नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल १८०एस को उत्कृष्ट डिजाइनका साथ उद्घाटन हुने भएको छ । सधैझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गर्दै एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।

यही २०७७ माघ २८ गते बेनेलीले “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरिएको छ । जुन यसको विभिन्न शोरुमहरु काठमाण्डौं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । जति सहभागी चालकहरुले मोटरसाइकल चढेर परीक्षण गर्नुहुन्छ उहाँहरुले आकर्षक उपहार पनि जित्न सक्नु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको