Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? रुरु जलविद्युतको आइपिओ फागुन ७ गतेबाट बजारमा आउँदै

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ०८ : ४३ मा प्रकाशित

लगानी गर्ने होइन ? रुरु जलविद्युतको आइपिओ  फागुन ७ गतेबाट बजारमा आउँदै

रुरु जलविद्युत् परियोजना लिमिटेडले ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आउँदो फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ। लगानीकर्ताहरुले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गतेआवेदन दिन पाइनेछ। 

नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो। त्यसमध्ये पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

कहाँ-कहाँबाट दिने आव्रेदन ?

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ। 

पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ  छ। कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि कम्पनीले अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ। 

आईपीओको बारेमा थप जानकारीको लागि विवरण हेर्नुहोस्:-

60234d115b5a4.JPG 60234d170e6ea.JPG 60234d1c2a037.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको