Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफामा गिरावट, विद्युत बिक्री आम्दानी पनि घट्यो

अर्थ संसार

बुधबार, २८ माघ २०७७, १० : ४६ मा प्रकाशित

बुटवल पावरको नाफामा गिरावट, विद्युत बिक्री आम्दानी पनि घट्यो

बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफामा ८३.८९ प्रतिशतले गिरावट आएको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको विद्युत बिक्री आम्दानीबाट ३९ करोड ३ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ। यो पनि गत वर्षभन्दा ३.५६ प्रतिशत कम भएको हो । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ४० करोड ४७ लाख ३७ हजार रुपैयाँ गरेको थियो । 

त्यसैगरी, कम्पनीको संचालन मुनाफामा पनि गिरावट आएको छ । गत वर्ष ९० करोड १० लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १६ करोड ३५ लाख ८९ हजार  रुपैयाँ मात्र यो नाफा गरेको हो ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार  रुपैयाँ र जगेडा कोष ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ कायम रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ४.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३३.०९ रुपैयाँ रहेको छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस् :-

6023690d3f26f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको