Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफको नाफा ४५.०२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १४ : १९ मा प्रकाशित

एसियन लाइफको नाफा ४५.०२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले १७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा उक्त नाफा ४५.०२ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १२ करोड १३ लाख रुपैयाँ रहेको थियो।

त्यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।  गत वर्षको यही अवधिको तुलनामा बिमाशुल्क३७.१९ प्रतिशतले बढेको  हो। गत वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब २८ करोड रुपैयाँमा सीमित थियो। 

कम्पनीले जीवन बीमा कोषको आकार पनि १९ अर्ब ३१ करोड रुपैयाँबाट २४ अर्ब ७१ करोड पुर्याएको छ। 

 जगेडा तथा कोषको आकार बढेर को उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार ५ करोड ५२ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ र जगेडा कोष ७२ करोड ३१ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) १७.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३९.८८ रुपैयाँ रहेको छ।

6024f0196fe83.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको