नेशलन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको हो ।
संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको हो । संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी २१.६३ प्रतिशतले बढेर २३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा संस्थाको निक्षेप संकलन २३.२३ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.११ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको एनपीएल ३.६९ प्रतिशत रहेको थियो । सो अवधिसम्म संस्थाको सिडि रेसियो ३८९.२८ प्रतिशत र बेस रेट ११.३२ प्रतिशत रहेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ४४ करोड १ लाख ८३ हजार रुपैयाँ रहेको छ । संस्थाको चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ३३.०५ प्रतिशत रहेको छ ।
संस्थाको रिटेन्ड अर्निङ ४४ करोड १ लाख ८३ हजार, रिर्जभ फण्डमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ रहेको छ । साथै संस्थाको इपीएस १८.३९ रुपैयाँ बढेर ३५.६० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३३ गुणा र तरलता अनुपात २०.३० प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस