Like us!
Follow us!
Connect us!
Watch us!

२७ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, ११ : २४ मा प्रकाशित

२७ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, अन्य सूचक कस्ता ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २७.१९ प्रतिशतले नाफा घटेको हो । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले कुल १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ६९.६९ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४०.३९ प्रतिशत घटेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपेयाँ ९८ पैसा रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३ पैसा घटेर ९ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.२६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा रहेको छ । १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको