इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले गत सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १०४.७१ प्रतिशतले नाफा बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ५७ लाख रुपैयाँ रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ४९.६७ प्रतिशत बढेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७०.७७ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ ।
४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस