Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धक बीओके क्यापिटलको तयारी

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १२ : ४३ मा प्रकाशित

ग्रीन लाइफ आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धक बीओके क्यापिटलको तयारी

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ यसै साता बाँडफाँडको गर्ने हुने भएको छ । शुक्रबारसम्म  बाँडफाँड गर्ने तयारीको साथ काम भैरहेको बिक्री प्रबन्धक बीओके क्यापिटलले अर्थ संसारलाई जानकारी दिएको छ । यदि बाँडफाँडको तयारी नपुगेमा केही दिनमात्र पर धकेलिने क्यापिटलले जनाएको छ । 

आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन  परेको छ । 

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो । 

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको