Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ भर्ने अन्तिम मौका

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, ०८ : ३३ मा प्रकाशित

सिंगटी हाइड्रोको आईपीओ भर्ने अन्तिम मौका

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज रहको छ । 

कम्पनीले आयोजना प्रभावितदोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु र  क्षेत्रमा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरूको लागि उक्त आईपीओ निष्काशन गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  उक्त सेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको