Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ हाइड्रोको प्रि-अलटमेन्ट आज, बाँडफाँड कहिले ?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १२ : १३ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोको प्रि-अलटमेन्ट आज, बाँडफाँड कहिले ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको  प्रि-अलटमेन्ट आज (मंगलबार) हुँदैछ ।  प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

बिक्री प्रबन्धक बि.ओ.के  क्यापिटलका अनुसारका अनुसार कम्पनीको साधारण सेयर (आईपीओ) काे बाँडफाँड शुक्रबार हुनेछ । 

आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन  परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाकाे हात खाली हुनेछ । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.३० गुणा धेरै हो । 

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको