Like us!
Follow us!
Connect us!
Watch us!

चिनी मिललाई उखु पाउनै हम्मेहम्मे

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १३ : ०० मा प्रकाशित

चिनी मिललाई उखु पाउनै हम्मेहम्मे

उखु रोप्ने समयमा भएको बन्दाबन्दी र किसानले समयमै मल खाद पाउन नसक्दा कञ्चनपुरमा सञ्चालित चिनी मिललाइृ उखुको अभाव भएको छ । यस वर्ष पर्याप्त वर्षा नहुँदा समेत उखु उत्पादनमा गिरावट आएको हो । 

पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिल र बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिजलाई सिजनमा ६० लाख क्विन्टल भन्दा बढी क्रसिङका लागि आवश्यक पर्दछ । तर दुबै मिलले सिजनमा मुश्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन् । महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले उखु अभाव भएपछि निर्धारित समय अगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको बताए । ६ ओटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलको तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताए । कृषि उपकरणसँगै उखुखेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । 

‘पहिले एक बिघा जग्गामा २०० सय देखि ३०० सय क्विन्टल उत्पादन हुँदै आएकोमा हाल ५०० सय देखि ७०० सय क्विन्टल उखु उत्पादन हुँदै आएको छ ।’ उखु उत्पादक समितिका कोषाध्यक्ष चेतन राईले भने, ‘यद्यपि उखु लगाउने थोरै गग्गा हुँदा चिनी मिलको क्षमताअनुसार उखु उत्पादन हुन सकेको छैन ।’ उखु उत्पादन गर्दै आएका किसानलाई मिलमा उखु बेचेको २४ घण्टाभित्रै अनलाइन प्रणाली मार्फत भुक्तानी दिने व्यवस्था गरिएको उनको भनाइ छ । ‘चिनी मिलले भुक्तानी दिएको ६ महिनापछि मात्रै सरकारले अनुदान बापतको रकम उपलब्ध गराउँछ’ उनले भने, ‘सरकारी अनुदानको रकम छिट्टै उपलब्ध गराउने व्यवस्था गरिए खेतीप्रति किसानको लगाव बढाउन सकिन्छ ।’

त्यस्तै, एक क्विन्टल उखुबाट १० किलोको हाराहारीमा चिनी उत्पादन हुने गरेको छ । मङसिरदेखि चैतको अन्तिम सातासम्म उखु मिल सञ्चालन हुने गरेका छन् । चिनी मिलसँगै गाउँमा उखु पेल्ने कोल्हु (खाडसारी उद्योग) समेत सञ्चालनमा छन्  । कोल्हु सञ्चालकहरुले उखु पेलेर गुड बनाउने गरेका छन् । गुड बनाउन झण्डै तीन लाख देखि पाँच लाख क्विन्टल उखु खपत हुने गरेको छ । 

कञ्चनपुरमा पाँच हजार ६३ हेक्टर क्षेत्रफलमा दुई लाख २२ हजार ३५७ मेट्रिक टन उखु उत्पादन हुने गरेको कुषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । जसमध्ये २०० बिघा क्षेत्रफलमा रेडक्रसले मर्सिकोरको सहयोगमा एमरेड परियोजनाअन्तर्गत बगरमा उखु लगाईने गरिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको