Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको बजार पुँजीकरण ४५ खर्ब माथी , कुन सेक्टरको अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १७ : २५ मा प्रकाशित

नेप्सेको बजार पुँजीकरण ४५ खर्ब माथी , कुन सेक्टरको अवस्था कस्तो ?

पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण ३७.१ प्रतिशतले बढेर ४५ खर्ब ४३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष फागुनसम्म नेप्सेको बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ थियो।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)सम्मको तथ्यांकले यस्तो देखाएको हो।

कुन सेक्टरको कति बढ्यो ?

तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा २४.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष फागुनसम्म बीमा कम्पनीहरुको बजार पुँजीकरण ५ खर्ब ३१ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म बढेर ६ खर्ब ६१ अर्ब ६३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

यो १ वर्षको अवधिमा व्यापार समूहका लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। यो समूहको बजार पुँजीकरण १२७७.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष फागुनसम्म १६ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ खर्ब ३० अर्ब ३५ करोड २७ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष फागुनसम्म वित्त समूह बजार पुँजीकरण ६२ अर्ब ३६ करोड १ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ८६ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा वित्त समूहको बजार पुँजीकरण ३८.५ प्रतिशतले बढेको छ।

यसैगरी जलविद्युत समूहको बजार पुँजीकरण ४४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष फागुनसम्म जलविद्युत समूहको कुल बजार पुँजीकरण ४ खर्ब ८३ अर्ब ५३ करोड ३८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ७ खर्ब १२ अर्ब ५२ करोड ४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै पछिल्लो १ वर्षको अवधिमा विकास बैंकको ४३.८ प्रतिशत, लघुवित्त समूहको २९.२ प्रतिशत, उत्पादन तथा प्रशोधनको १७.७ प्रतिशत, लगानी समूहको ३९.९ प्रतिशत, अन्य समूहको ३८.७ प्रतिशत र होटेल समूहको २३.५ प्रतिशतले बजार पुँजीकरण बढेको छ।

यो १ वर्षको अवधिमा वाणिज्य बैंकिङ समूहको बजार पुँजीकरण पनि २३.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष फागुसम्म वाणिज्य बैंकिङ समूहको बजार पुँजीकरण ८ खर्ब ७२ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १० खर्ब ७३ अर्ब ३२ करोड १४ लाख रुपैयाँ पुगेको छ। 

समूहको हिस्सा कति प्रतिशत ?

नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २३.६ प्रतिशत, विकास बैंक समूहको ४.७ प्रतिशत, फाइनान्स कम्पनी समूहको १.९ प्रतिशत, लघुवित्त समूहको ८.४ प्रतिशत, बीमा कम्पनी समूहको १४.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५.४ प्रतिशत, होटल समूहको २.६ प्रतिशत, व्यापार समूहको ५.१ प्रतिशत, लगानी समूहको ७.६ प्रतिशत, जलविद्युत समूहको १५.७ प्रतिशत र अन्य समूहको १०.४ प्रतिशत हिस्सा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको