Like us!
Follow us!
Connect us!
Watch us!

८ महिनामै ४३ अर्बभन्दा बढी नाफा: वाणिज्य बैंकहरुको प्रदर्शन उत्कृष्ट

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, ०८ : ०८ मा प्रकाशित

८ महिनामै ४३ अर्बभन्दा बढी नाफा: वाणिज्य बैंकहरुको प्रदर्शन उत्कृष्ट

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा देशका वाणिज्य बैंकहरुले उल्लेखनीय नाफा आर्जन गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २० वटा वाणिज्य बैंकहरुले जम्मा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ थियो, जसको तुलनामा यस वर्ष नाफा करिब १ अर्ब १९ करोडले बढेको छ।

नबिल बैंक सबैभन्दा अगाडि

नाफाका हिसाबले नबिल बैंक ४ अर्ब ७८ करोड रुपैयाँसहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि ग्लोबल आईएमई बैंक ४ अर्ब ७२ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ अर्ब ८ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।

११ बैंकको नाफा वृद्धि, ९ वटाको गिरावट

जारी आर्थिक वर्षको पहिलो आठ महिनामा ११ वटा वाणिज्य बैंकले नाफा वृद्धि गर्न सफल भए भने ९ वटाले अघिल्लो वर्षको तुलनामा नाफामा गिरावट भोगेका छन्। नाफा घट्ने बैंकहरुमा प्राइम, राष्ट्रिय वाणिज्य, हिमालयन, सिद्धार्थ, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, एनआईसी एशिया र कृषि विकास बैंक परेका छन्।

कृषि विकास बैंकको प्रदर्शन कमजोर

नाफा कमाउने सूचीमा कृषि विकास बैंक अन्तिम स्थानमा रहँदै ७३ करोड ८० लाख रुपैयाँ मात्र कमाउन सफल भएको छ।

चालु आवको ८ महिनामा वाणिज्य बैंकहरूको नाफा विवरण

क्रम संख्या
बैंकको नाम
नाफा (रुपैयाँ)
नबिल बैंक
४ अर्ब ७८ करोड
ग्लोबल आईएमई बैंक
४ अर्ब ७२ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
४ अर्ब ८ करोड
एभरेष्ट बैंक
३ अर्ब ८८ लाख
नेपाल बैंक
२ अर्ब ९८ करोड
एनएमबि बैंक
२ अर्ब ७१ करोड
प्राइम बैंक
२ अर्ब ५० करोड
स्ट्याण्डर्ड चार्टर्ड बैंक
२ अर्ब १७ करोड
प्रभु बैंक
२ अर्ब ११ करोड
१०
लक्ष्मी सनराइज बैंक
१ अर्ब ९९ करोड
११
राष्ट्रिय वाणिज्य बैंक
१ अर्ब ७२ करोड
१२
सानिमा बैंक
१ अर्ब ६८ करोड
१३
हिमालयन बैंक
१ अर्ब ६६ करोड
१४
नेपाल एसबिआई बैंक
१ अर्ब २४ करोड
१५
सिद्धार्थ बैंक
१ अर्ब २१ करोड
१६
माछापुच्छ्रे बैंक
१ अर्ब १६ करोड
१७
सिटिजन्स बैंक
१ अर्ब १६ करोड
१८
कुमारी बैंक
९६ करोड ९१ लाख
१९
एनआईसी एशिया बैंक
८१ करोड ९९ लाख
२०
कृषि विकास बैंक
७३ करोड ८० लाख

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको