Like us!
Follow us!
Connect us!
Watch us!

चीनले मोड्न खोजेको ब्रह्मपुत्र! भारतले भन्यो– यो खेल होइन, खतरा हो

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, २१ : २४ मा प्रकाशित

चीनले मोड्न खोजेको ब्रह्मपुत्र! भारतले भन्यो– यो खेल होइन, खतरा हो

भारतले ब्रह्मपुत्र नदीमाथि चीनद्वारा निर्माणाधीन विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाप्रति गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेको छ। यो योजना केवल प्रविधिक उपलब्धिको विषय मात्रै नभएर दक्षिण एशियाली क्षेत्रका लागि सम्भावित कूटनीतिक र वातावरणीय चुनौतीसमेत बन्न सक्ने विज्ञहरू चेतावनी दिन्छन्।

चीनले तिब्बती क्षेत्रको मेदोग काउन्टीमा ७० गीगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्दैछ, जुन हाल विश्वकै सबैभन्दा ठूलो थ्री गोर्जेस ड्यामभन्दा पनि ठूलाे हुनेछ।

गुवाहटीमा आयोजित "जल सुरक्षा, पारिस्थितिकीय सन्तुलन, र आपतकालीन प्रतिरोधात्मकता सुनिश्चित गर्ने" विषयक सेमिनारमा विभिन्न क्षेत्रका विज्ञहरूले उक्त योजनाले ब्रह्मपुत्रको तल्लो तटीय क्षेत्र, विशेषगरी भारतका राज्यहरूमा पार्ने सम्भावित विनाशकारी प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।

'पानी बम' बन्न सक्छ ड्याम

अरुणाचल प्रदेशका सांसद तथा वरिष्ठ भाजपा नेता तापिर गाओले भने, "यो कुनै साधारण ड्याम होइन, भारत र अन्य तल्लो तटीय राष्ट्रहरूलाई असर पार्ने 'पानी बम' बन्न सक्छ।"

सेमिनारमा लेखक तथा तिब्बतविद् क्लोद आर्पीले चीनले यारलुङ त्साङपो नदीको पानीलाई सुरुङमार्फत पीत नदी (Yellow River) तर्फ मोड्ने योजना बनाएको जानकारी गराउँदै भारतजस्ता देशहरूका लागि दीर्घकालीन असर पर्ने चेतावनी दिए।

वैज्ञानिक चिन्ता

गुवाहाटीकी प्रो. अनामिका बरूवाले जलवायु परिवर्तन र ड्याम निर्माणका कारण तिब्बती भूभागमा Wet Days  बढ्ने र तल्लो तटीय भारतमा Dry Days  बढी देखिने सम्भावनाहरू रहेको बताइन्। उनले चिनियाँ पक्षसँग हालसम्म यसबारे संयुक्त अनुसन्धान नभएको समेत उल्लेख गरिन्।

जल–साझेदारी सम्झौतामाथि जोड

एशियाली राजनीति विज्ञ बर्टिल लिन्टरले भारत र चीनबीच जल–साझेदारी सम्झौताको अभावले भविष्यमा तनाव सिर्जना गर्न सक्ने भन्दै दुवै देशले आपसी संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको