Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट पक्राउ परे दुर्गा प्रसाई, नेपाल प्रहरीले उच्च स्रोतमार्फत पुष्टि

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, २१ : १५ मा प्रकाशित

भारतबाट पक्राउ परे दुर्गा प्रसाई, नेपाल प्रहरीले उच्च स्रोतमार्फत पुष्टि

तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोप लागेका चर्चित व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार हालै भारतीय प्रहरीले विशेष सहयोग गरेर उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

तीनकुने घटनापछि प्रसाईमाथि सार्वजनिक सम्पत्ति तोडफोड र उक्साहटसम्बन्धी अभियोग लगाइएको थियो। उनीमाथि चलिरहेको अनुसन्धानका क्रममा प्रहरीले धेरैपटक खोजी गरे पनि उनी सम्पर्कविहीन थिए।

अहिले भारतबाट पक्राउ परेका प्रसाईलाई नेपाल फर्काएर कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको