Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ हाइड्रोको आईपीओ आज बाँडफाँड हुने, पर्यो कि परेन कसरी गर्ने ?

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, ०७ : ५६ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोको आईपीओ आज बाँडफाँड हुने, पर्यो कि परेन कसरी गर्ने ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ आज हुँदैछ। मंगलबार  प्रि-अलटमेन्ट सम्पन्न भएको छ । 
आज बाँडफाँड गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक बि.ओ.के  क्यापिटलले अर्थ संसारलाई जानकारी दिएको छ । 

कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन  परेको छ ।

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाको हात खाली हुनेछ ।
यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७।३० गुणा धेरै हो । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

नतिजा आइसकेपछि यसरी हेर्न सक्नुहुनेछ 

आईपीओको नतिजा हेर्नको लागिअर्थ संसारको गृहपृष्ठको सवै भन्दा रहेको IPO RESULT मा क्लिक गर्नुहोस् ।

त्यसपछि आईपिओको नतिजा ग्रीन लाइफ हाइड्रोपावरछनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।आईपिओ बाँडफाँडको नतिजा आएपछि हामी राख्नेछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको