Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा लगानी गर्ने मौका : रू रू जलविद्युतको आइपिओ आजदेखि बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, ०८ : ५० मा प्रकाशित

हाइड्रोमा लगानी गर्ने मौका : रू रू जलविद्युतको आइपिओ आजदेखि बिक्रीमा

रुरु जलविद्युत् परियोजना लिमिटेडले आज (फागुन ७ गते, शुक्रबार) बाट आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपिओ जारी गर्नेछ । 

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्ताको लागि छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

ग्रीन लाइफको आइपिओ बाँडफाँड सम्पन्न: भाग्यमानी २ जनाले पाए ११ कित्ता, नतिजा कसरी हेर्ने ?

त्यसैगरी, धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

आइपिओकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

602f28c986378.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको