Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, ०९ : ०१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नेरुडे लघुवित्त संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकाे शेयरमूल्य समायोजन भएको हाे ।

नेरुडे लघुवित्त संस्था लिमिटेडकाे ८ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ६४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

602f21fbb9ae8.jpg

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ५ सय ५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

602f2202440fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको