नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको हाे ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ४२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यसैगरी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ४८ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस