Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको लाभांश आइतबार पारित हुँदै

अर्थ संसार

शनिबार, ०८ फागुन २०७७, १० : ३१ मा प्रकाशित

सिभिल बैंकको लाभांश आइतबार पारित हुँदै

सिभिल बैंक लिमिटेड दशाैँ वार्षिक साधारण सभा भोलि (फागुन ९ गते, आइतबार) हुँदैछ ।

बैंककाे माघ १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे उक्त सभा आइतबार बैंककाे केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा  बैंककाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ २३ गते एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले, माघ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको