Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो एनएमबि हाईब्रिड फण्डको खुद सम्पत्ति मूल्य

अर्थ संसार

सोमबार, १० फागुन २०७७, १२ : १२ मा प्रकाशित

बढ्यो एनएमबि हाईब्रिड फण्डको खुद सम्पत्ति मूल्य

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल - १ ले २०७७ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ५७ पैसा पुर्याएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा ८५ पैसाले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ७२ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी ७१ करोड २२ लाख ८८ हजार रुपैयाँ पुगेकाे छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा १०.०९ प्रतिशतले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ६४ करोड ७० लाख १९ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

यसैगरी, पाैष मसान्तसम्म बाेण्डमा २९ कराेड ९ लाख १० हजार रूपैयाँ लगानी रहेकाेमा माघ मसान्तमा बढेर २९ कराेड १३ लाख ७३ हजार रूपैयाँ पुगेकाे छ । माघ मसान्तसम्म फण्डकाे साधारण शेयर, हकप्रद शेयर र बाेनस शेयरकाे लगानी ५२ कराेड २९ लाख ७१ हजार रूपैयाँ पुगेकाे छ । पाैष मसान्तमा फण्डकाे यस्ताे लगानी ७२ कराेड २ लाख रूपैयाँ थियाे ।  

त्यस्तै, एनएमबि हाईब्रिड फण्ड एल - १ ले विभिन्न प्रकारका ५५ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60334ba76cd83.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको