नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०७७ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ९२ पैसा पुर्याएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा १ रुपैयाँ ५२ पैसाले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ४० पैसा रहेकाे थियो ।
त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी एक अर्ब ५४ करोड ३ लाख ४ हजार ८३ रुपैयाँ पुगेकाे छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा १६.४७ प्रतिशतले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ३२ करोड २४ लाख ६६ हजार ८ सय ७ रुपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ७० वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।
फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस