Like us!
Follow us!
Connect us!
Watch us!

पाचोक गाउँमा पुग्यो बिजुली

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १२ : ४३ मा प्रकाशित

पाचोक गाउँमा पुग्यो बिजुली

दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राविधिकरणले आज पहिलो पटक बिजुली पुर्याएको हो । 

त्यसैगरी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पुर्याउँने जानकारी दिए । 

उनले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गर्ने बताए  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, पूर्व संविधानसभा सदस्य जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष ओमलाल गुरुङ, वडाध्यक्ष फत्तबहादुर गुरुङ, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ र स्थानीय अगुवा शेरबहादुर तामाङले पूर्वाधार विकासमा जोड दिएका थिए । 

त्यस्तै, प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा  प्राविधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याएको थियो । त्यहाँका ६५ घरमा बिजुली बलेको छ । यस अघि टुकी र सोलारको भरमा बस्नुपर्दा दुःख बिमार हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नलाईसमेत समस्या हुँदै आए पनि अब भने यस्ता समस्याको समाधान भएको वडाध्यक्ष गुरुङको भनाइ छ । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको