Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएलका ३ वटै फण्डको खुद सम्पत्ति मूल्य बढ्यो

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १३ : ४६ मा प्रकाशित

एनआईबिएलका ३ वटै फण्डको खुद सम्पत्ति मूल्य बढ्यो

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै फण्डको खुद सम्पत्ति मूल्य बढेकाे छ । ३ वटै फण्डले २०७७ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेका छन् । उक्त विवरणमा ३ वटै फण्डको खुद सम्पत्ति मूल्य बढेकाे देखिन्छ ।

१. एनआईबिएल प्रगति फण्ड

माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ४३ पैसा पुर्याएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा १ रुपैयाँ ११ पैसाले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ३२ पैसा रहेकाे थियो । त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी ६५ करोड १४ लाख ५९ हजार रुपैयाँ पुगेकाे छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ६१ करोड ५ लाख ५२ हजार रुपैयाँ लगानी गरेकाे थियाे । त्यस्तै,  फण्डले विभिन्न प्रकारका ९१ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

२. एनआईबिएल समृद्धि फण्ड १

माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ४५ पैसा पुर्याएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा ५८ पैसाले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ८७ पैसा रहेकाे थियो । त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी ५२ करोड ९० लाख ७७ हजार रुपैयाँ पुगेकाे छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५० करोड १९ लाख ७ हजार रुपैयाँ लगानी गरेकाे थियाे । त्यस्तै,  फण्डले विभिन्न प्रकारका ७३ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

३. एनआईबिएल सहभागिता फण्ड

माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ८४ पैसा पुर्याएकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा ८९ पैसाले धेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ९५ पैसा रहेकाे थियो । त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी २० करोड ८५ लाख ३९ हजार रुपैयाँ पुगेकाे छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १४ करोड ८२ लाख ५९ हजार रुपैयाँ लगानी गरेकाे थियाे । त्यस्तै,  फण्डले विभिन्न प्रकारका ५१ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको