Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको साधारण सभा आज : १०% लाभांश पारित हुने

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, ०७ : ५४ मा प्रकाशित

तारागाउँ रिजेन्सीको साधारण सभा आज : १०% लाभांश पारित हुने

तारागाउँ रिजेन्सी होटेल लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन १४ गते, शुक्रबार) हुँदैछ ।

कम्पनीकाे पुस २३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २४औं वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश (५ प्रतिशत करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको