Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार एकैदिन तोलामा १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, ११ : १७ मा प्रकाशित

मङ्गलबार एकैदिन तोलामा १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मङ्गलबार) सुनको मूल्य ह्वातै घटेको छ ।

हिजो (सोमबार) तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मङ्गलबार) १ हजार ७ सय रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज (मङ्गलबार) चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो (सोमबार) तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर तोलाको १ हजार २ सय  ९० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको