Like us!
Follow us!
Connect us!
Watch us!

आज यी दश कम्पनीका लगानीकर्ताहरुले व्यहोरे सर्वाधिक घाटा

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १५ : २२ मा प्रकाशित

आज यी दश कम्पनीका लगानीकर्ताहरुले व्यहोरे सर्वाधिक घाटा

साताको पहिलो दिन आइतबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

घटेको बजारमा आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, बोटलर्स नेपाल (तराई) लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बैंक अफ काठमाडौं लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधीक गुमाएका छन् । 

60449f54023dc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको