Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका यी स्थानमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, ११ : ३१ मा प्रकाशित

आज देशका यी स्थानमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको  छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनेछ ।  साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना  छ ।

विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिए । उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली  छ ।

अपराह्न देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ  । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस  छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस  छ । -  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको