Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले पायो हकप्रद सेयर निष्काशनको अनुमति

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १२ : ५९ मा प्रकाशित

अरुण भ्यालीले पायो हकप्रद सेयर निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको  छ । 
कम्पनीले १ :०.५ को अनुपातमा ५२ लाख  ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले ५० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । कम्पनीले हकप्रद निष्कासन गर्ने अनुमति पाएसँगै सेयरमूल्यमा उछाल आएको छ  । यो समाचार तयार पार्दासम्म कम्पनीको ८.९९ प्रतिशतले बढेर ३७६ रुपैयाँमा कारोबार भइरहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा असोज २१ गते निवेदन दिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

604720c043967.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको