Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफको आईपीओ सूचिकृत कहिले ? यस्तो छ नेप्सेको जवाफ

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १४ : ०७ मा प्रकाशित

ग्रीन लाइफको आईपीओ सूचिकृत कहिले ? यस्तो छ नेप्सेको जवाफ

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ । सेयर रजिष्टार्ड सानिमा क्यापिटल लिमिटेडका अनुसार सेयर सूचीकरणका लागि नेप्सेमा पठाइसकेको छ ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले कम्पनीको आईपीओ  सूचीकरणका लागि निवेदन आइसकेको र सबै कागजपत्रहरु पुगेको खण्डमा यसैसाता सूचीकरण सम्झौता हुने बताएको छन् । क्यापिटलका अनुसार आईपीओ आज अथवा भाेलि भित्रमा लगानीकर्ताकाे हितग्राही खातामा जम्मा गरिनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । 

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको