Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १५ : २३ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रा तय गरिरहेको आज (बुधबार) पनि घटेको  छ । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो । 

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा पुगेको छ । नेप्से ०.१४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले बढेर  ४४५.२३ मा पुगेको छ ।

कूल २ सय ५  वटा कम्पनीको ७८ लाख १६ हजार ८ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १ करोड ४ लाख ६ हजार ३ सय ३७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

गिरावट आएको बजारमा आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकार्तले सर्वाधिक गुमाएका छन् भने क्रमश: मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, सनराइज पहिलो म्युचुअल फण्ड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया ब्यालेन्स फण्ड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकार्ताले सर्वाधिक गुमाएका छन् । 

6048974412d52.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको