Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङ्गबाट आइपिओ जारी गर्दै रिलायन्स मिल्स,बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १८ : २९ मा प्रकाशित

बुक बिल्डिङ्गबाट आइपिओ जारी गर्दै रिलायन्स मिल्स,बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल

रिलायन्स स्पिनिङ्ग मिल्स ले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार  कित्ता साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा आज रिलायन्स स्पिनिङ्ग मिल्स लि. को कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्स लि.र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्रीप्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्यलगानीकर्ता रहनुभएका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको रोहवरमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्र माहस्ताक्षर गरेका छन् । 

अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire

वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागतलगानीकर्ता र बाँकि ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

हाल ४ हजार ३ सय भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको उत्त कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ भने उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादनगर्दै आएको तथा कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको