Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १० : ४५ मा प्रकाशित

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बुधबार) तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बिहीबार) ६ सय रुपैयाँले बढेर तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको