Like us!
Follow us!
Connect us!
Watch us!

देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड : तस्वीरमा हेर्नुहोस् महाशिवरात्रिको रौनक

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १३ : २७ मा प्रकाशित

देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड : तस्वीरमा हेर्नुहोस् महाशिवरात्रिको रौनक

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरको शिव  मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथसहित देशभरको मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । त्यसैगरी, आज पशुपतिनाथ मन्दिरको मूल मन्दिरका चारै ढोका खुला गरिएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

शिवरात्रिको रौनक तस्वीरमा हेर्नुहोस् (सबै तस्वीरहरु राससबाट लिइएको हो) :-

6049ca3dcacc4.JPG 6049ca420ec29.JPG 6049ca513089f.JPG 6049ca5137989.jpg 6049ca51bf1eb.jpg 6049ca51cb3c3.jpg 6049ca51ea367.jpg 6049ca520af5b.jpg 6049ca522d334.jpg 6049ca523cead.jpg 6049ca52574b0.jpg 6049ca52c8466.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको