Like us!
Follow us!
Connect us!
Watch us!

अबको साता सेयर बजार कता ?

अर्थ संसार

शनिबार, २९ फागुन २०७७, १४ : ३५ मा प्रकाशित

अबको साता सेयर बजार कता ?

यस साताकाे सेयर बजार 

यस साता सेयर बजार ३ दिन मात्र खुलेकाे थियाे । ३ दिन खुलेकाे बजार ३ दिन नै राताम्मै भएकाे थियाे ।

यस साता नेप्से परिसूचक ४८ दशमलव २ अंकले घटेर २४ सय ५८ दशमलव ४८ अंकमा रोकिएको छ । यस साता सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २३ अंकले घटेर ४४५ दशमलव २३ विन्दुमा झरेको छ ।नेप्से परिसूचक सँगसँगै यस साता कारोबार रकममा पनि भारी गिरावट आएको छ । गत साता औसतमा दैनिक करिब ६ अर्ब भन्दा माथीको कारोबार भएकोमा यो साता भने औसतमा दैनिक ४ अर्ब भन्दा माथीको कारोबार भएको छ । यो साता बजार पुँजीकरण पनि ६६ अर्ब ४० करोड ८० लाख भन्दा बढीले घटेको छ । 

यस साताको आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५८ अंकले घटेर २४८५ दशमलव ९ विन्दुमा पुगेको थियो। सोमबार नारी दिवसका कारण सेयर बजार बन्द थियो । मंगलबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिँदै सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ विन्दुमा पुगेको थियो । बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर २४५८ दशमलव ४८ विन्दुमा पुगी यस सातालाई बिदाइ गरेको छ ।

अबको साता सेयर बजार कता ?

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ताहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुन-कुन सेयर बिक्री गर्ने जस्ता निर्णय लिन निकै गाह्रो पर्छ । यही समस्या समाधान गर्न हामीले हरेक साताको अन्त्यमा आगामी साता बजार कता जाला, कस्ता सेयरहरु किन्ने, कस्ता सेयरहरु बेच्ने भनेर जानकारी दिन नयाँ शो "सेयर टेक फण्डा" सुरु गरेका छौं ।

सेयर टेक फण्डामा लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका बिमल तिवारीले सेयर बजारको साप्ताहिक समीक्षा गर्नेछन् । उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । 

सेयर समिक्षा गर्दै उनी भन्छन्, यस साताकाे सेयर बजारले रिकभर गरेकाे हाे ।

तलकाे भिडीयाेमा उनले यस साताकाे सेयर समीक्षा गर्दै आगामी साता (चैत्र १ गतेदेखि चैत्र ५ गतेसम्म) सेयर बजार कता जाला भनेर पूर्वानुमान गरेका छन् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको