एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर बिक्री गर्न हम्मेहम्मे परेकाे छ । यसअघि पनि बारम्बार बिक्री खुल्ला गर्दा बिक्री नभएपछि बैंकले फेरि भाउ घटाएर बिक्री खुल्ला गरेकाे छ ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । नागरिक लगानी कोषको न्युनतम मूल्य प्रतिकित्ता एक हजार ५ सय ४ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४ रूपैयाँ ताेकिएकाे छ ।
उक्त सेयरमा लगानीकर्ताले आज (चैत्र १ गते, आइतबार) बाट चैत्र ६ गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस