Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, ०६ : ४९ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र २ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

महालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि चैत्र ३ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज (चैत्र २ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे वार्षिक साधारण सभा  चैत्र १३ गते, शुक्रबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गारी कुल ९.२६ प्रतिशत लाभांश पारित गर्नेछ।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि चैत्र ३ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज (चैत्र २ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल हाइड्रो डेभलोपर लिमिटेडकाे १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा दिउँसो ३ बजे virtual(Zoom App)  मार्फत सुरु हुनेछ ।  सभामा कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको