Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेक २०२१ वैशाख २८ गतेदेखि आयोजना हुने, यस्तो छ तयारी

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १२ : ५८ मा प्रकाशित

क्यान इन्फोटेक २०२१ वैशाख २८ गतेदेखि आयोजना हुने, यस्तो छ तयारी

कम्प्युटर एशोसिएशन नेपाल (क्यान)महासंघले यो वर्षको “क्यान इन्फोटेक २०२१” आगामी २०७८ साल वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ ।

नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी (Trade Show) काे यो २७ औं संस्करण हो जुन ६ दिनसम्म चल्नेछ ।

विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष २०२१ मा भने कोराेनाका कारण गत वर्ष भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुँदैछ । 

तर ढीलै भए पनि क्यान महासंघले क्यान इन्फोटेकको आयोजनाको प्रवन्ध मिलाएको छ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपैक्षा क्यान महासंघले लिएको छ । यसबीचमा सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने हाम्रो प्रयास रहनेछ । 

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन (Title Sponsor) प्रभु पेले गरेको छ, सह-प्रायोजन (Associate Sponsor) वल्र्डलिंक कम्युनिकेशनको रहेको छ साथै प्राज्ञिक साझेदार (Academic Partner) को रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदार (Digital Display Partner) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेको छ । प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजन आजैका मितिदेखि खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनीलगायतका सुविधाहरु पाउनेछन् ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । 

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा सञ्चार प्रविधि सम्बन्धि रोजगार केन्द्र मुख्य हुनेछ । 

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा बिक्रिमा राख्नेछन् । 

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । यस पटकको इन्फोटेकमा प्रवेश टिकट लाई पेपरलेस गरिनेछ । साथै क्यान इन्फोटेक २०२१ का लागि मिति २०७७ चैत्र ८ गते देखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ्ग समेत खुल्ला हुनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको