Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो अवस्थामा महिलाको सहमतिबिना पनि हुन सक्छ सम्बन्ध बिच्छेद ?

अर्थसंसार

सोमबार, ०२ चैत्र २०७७, १३ : १३ मा प्रकाशित

कस्तो अवस्थामा महिलाको सहमतिबिना पनि हुन सक्छ सम्बन्ध बिच्छेद ?

सामान्य अर्थमा उमेर पुगेका महिला र पुरुषका बिचमा धार्मिक,सामाजिक तथा कानुनी रुपमा स्थापना हुने बिशेष सम्बन्धलाई बिवाह भन्ने गरिन्छ । 

नेपालमा कानुनी रुपमा विबाहलाई देवानी संहिता २०७४ ले परिभाषित गरेको छ । पुरुष र महिलाबीच दाम्पत्य जीवन प्रारम्भ भएपछि एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ । प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने स्वतन्त्रता हुनेछ । विवाह जुनसुकै किसिमबाट भएको भए पनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्नेछ भनी कानुनमा स्पष्ट व्यवस्था छ  । 

बिवाहले कानुनी मान्यता पाउन जरुरी हुन्छ सबै अवस्थामा भएका बिवाहले भने कानुनी मान्यता प्राप्त गर्न सक्दैनन् । नेपालको कानुन बमोजिम पुरुष र महिलाले एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गर्न मञ्जुर गरेमा, कानुन बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा, पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा र २० वर्ष उमेर पूरा भएमा पुरुष र महिलाबीचमा भएको बिवाहलाई कानुनी मान्यता प्रदान गर्ने गरिन्छ ।

नेपालको कानुनले कस्तो अवस्थामा भएका बिवाह बदर हुने भन्ने ब्यवस्था पनी स्पष्ट रुपमा गरेको छ । यदि पुरुष वा महिलाको मञ्जुरीविना भएको विवाह भएमा, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरूबीच विवाह भएमा र २० बर्ष भन्दा कम उमेरका महिला वा पुरुषका बिचमा भएको बिवाह र झुक्याएर गरिएको बिवाह बदर गराउन सकिने कानूनी रूपमा उल्लेख छ । 

नेपालको कतिपय भुभाग र जातजातीमा मामा फुपुका छोरा छोरीहरुका बिचमा पनि बिवाह गर्ने प्रचलन रहेकाल हाम्रो कानुनमा पनि त्यस्ता बिवाहलाई कानुनी मान्यता प्रदान गर्ने ब्यबस्था गरिएको छ । आफ्नो जाति–समुदाय वा कुलमा चलिआएको चलनअनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न भने यो कानुनले बाधा पुर्याउदैन भनि उल्लेख गरिएको छ  ।

धार्मिक,सामाजिक र कानुनी रुपमा भएका बिवाहहरु कतिपय अवस्थामा भने बिवाह सम्पन्न भइसकेपछी पनि बैवाहिक जिवन अन्त्य हुने अवस्थाका बारेमा पनि हाम्रो कानुनमा उल्लेख गएिको पाइन्छ । नेपालमा कानुन बमोजिम विवाह बदर भएमा, कानुन बमोजिम पति–पत्नीको सम्बन्ध विच्छेद भएमा र पत्नीले कानुन बमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ ।

सामान्य रुपमा बिश्वमा नै कतिपय बैवाहिक जिवन पनि पछि सम्बन्ध बिच्छेदको अवस्थामा पुगीरहेको देख्न सकिन्छ । बिवाहलाई  हाम्रो नेपाली संस्कारमा ७ जन्म सम्मको सम्बन्धका रुपमा पनि परिभाषित गरिदै आएको छ । तर सबै जोडिको बैवाहिक सम्बन्ध दिर्घकालीन हुन्छ भन्ने हुदैन ।  

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाहलाई एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन मानेको छ । पति र पत्नीको सम्बन्ध विवाहद्वारा कायम हुन्छ भने त्यसको अन्त्य सम्बन्ध विच्छेदबाट हुने गर्दछ ।
सामान्य अवस्थामा सम्बन्धबिच्छेद पति र पत्नीको आपसी मन्जुरीबाट गर्न सकिने ब्यबस्था बिश्वब्यापी रुपमा नै चलिआएको छ । कुनै एक पक्षको मात्र चाहनाबाट सामान्य अवस्थामा सम्बन्ध बिच्छेद हुन सक्दैन । 

तर कतिपय अवस्थामा भने एक पक्षलेमात्र चाहेमा पनि पति र पत्नी बिचमा सम्बन्ध बिच्छेद हुन सक्ने कानुनी ब्यबस्था हाम्रो कानुनमा रहेको पाइन्छ । आज हामि यँहा नेपालको कानुन बमोजिम कस्तो अवस्थामा पत्नीको सहमति बिनापनी पतिले सम्बन्ध बिच्छेद गर्न सक्छ भन्ने बिषयमा चर्चा गर्न गइरहेका छौ । 

नेपालको मुलुकी देवयानी संहिता ऐन २०७४ परिच्छेद ३ मा सम्बन्ध बिच्छेद सम्बन्धी व्यबस्था गरिएको छ । दफा ९३ मा पति पत्नी दुबैले चाहेमा जहिलेसुकै पति पत्नीको सम्बन्ध बिच्छेद गर्न सक्नेछन् भनि ब्यवस्था गरिएको छ । 

त्यस्तै मुलुकी देवयानी संहिता ऐन २०७४ को दफा ९४ मा कस्तो अवस्थामा पतिले पत्नीको मन्जुरी बिना पनि सम्बन्ध बिच्छेद गर्न सक्छन् भनि उल्लेख गरिएको छ । उत्त दफा बमोजिम निम्न अवस्थाहरुमा पतिले पत्नीको मन्जुरी बिना पनि बैबाहिक जीवनबाट सम्बन्ध बिच्छेद गर्न सक्छन्ः

क) कानुन बमोजिम अंक लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार तिन बर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
ख) पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
ग) पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठुलो शारिरीक वा मानसिक कष्ट हुने किसिमको कुनै जाल वा प्रपन्च गरेमा,
घ) पत्नीले अनय पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा । 

कुनै पनि महिलाले माथि उल्लेखित कुनै पनि बुँदा अन्तरगतको कार्य गरेमा उत्त महिलाको पतिले पत्नीको सहमति बेगर पनि सम्बन्ध बिच्छेद गर्न सक्दछ । माथी उल्लेखित कुनै पनि कार्य पत्नीले गरेको ठहर भएमा अदालतले पत्नीको असहमतिमा पनि पतिलाई सम्बन्ध बिच्छेद गराईदिने व्यबस्था रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको