Like us!
Follow us!
Connect us!
Watch us!

अवैध रुपमा चन्दा उठाई हिँडेका ५ जना पक्राउ

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १६ : ५६ मा प्रकाशित

अवैध रुपमा चन्दा उठाई हिँडेका ५ जना पक्राउ

पोखरा महानगरपालिका १ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका,१ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

उक्त स्थानमा लामा पोसाकमा टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका,२ कटानी रौतहटको रसिद लिई अबैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको