Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, ०९ : २२ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनी महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सकोे सेयर मूल्य समायोजन भएको छ । 

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता महालक्ष्मी विकास बैंकको २६९ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको ३२५ रुपैयाँ कायम भएको छ। 

समायोजन अघि महालक्ष्मी विकास बैंकको सेयर मूल्य २९३ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ३७४ रुपैयाँ रहेको थियो। अब आजको कारोबार कम्पनीको समायोजित मूल्य अनुसार खुल्नेछ। 

नेपाल हाइड्रोले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १५ प्रतिशत बोनस सेयर र ०।७८९५ प्रतिशत नगद (कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको यही चैत १७ गते हुने १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन पछि लगानीकर्ताहरुलाई वितरण गरिने छ।

त्यस्तै महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको मूनाफाबाट ८.८ प्रतिशत बोनस सेयर र ०.४६ नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको छ । 

बैंकद्धारा प्रस्तावित लाभांश यही चैत १३ गते हुने १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ । 

लाभांश तथा बार्षिक साधारण सभा प्रयोजनका लागि यी दुवैले आज चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्त गर्न  र साधारण सभामा सहभागि हुन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको